स्थायी कमिटी बैठकपछि एमालेले वार्षिक कार्ययोजना तयार पार्ने

डिसी नेपाल
३० वैशाख २०८० ६:३९
24
Shares

काठमाडौं। नेकपा एमालेले स्थायी कमिटीको बैठकपछि पार्टीको वार्षिक कार्ययोजना तयार पार्ने भएको छ।

गत बिहीबारदेखि सुरु भएको एमालेको चौथौ केन्द्रीय समिति बैठक जारी रहेको बखतमा नै आज बस्न लागेको स्थायी कमिटीले पार्टीको बार्षिक कार्ययोजना बनाउन लागेको हो। प्रचार बिभाग उपप्रमुख बिष्णु रिजालका अनुसार स्थायी कमिटीले तयार पार्ने बार्षिक कार्ययोजना केन्द्रीय समितिमा पेश गरी पारित गरिनेछ।

शुक्रबार बसेको बैठकमा गैर-भौगलिकसहित ८ प्रदेशका प्रतिनिधिले पेश गरेको प्रतिवेदनमा सामुहिक छलफल भएको थियो। जसअनुुुसार गण्डकीवाट पदमा अर्याल, बाग्मतिवाट गोकर्ण बिष्ट, सम्पर्क समन्वय कमिटीवाट लालबाबु पण्डित, उपत्यका बिशेष प्रदेशवाट सुजिता शाक्यले आ आफनो क्षेत्रको प्रतिवेदन पेश गरेका थिए।

सबै प्रदेशको प्रतिवेदनमाथि सामूहिक छलफल गरिएको थियो। आज बस्ने केन्द्रीय समिति बैठकले समूहगत छलफल पछिको निष्कर्षका बारेमा महासचिव शंकर पोखरेल र अध्यक्ष केपी शर्मा ओलीले जवाफ दिने कार्यक्रम रहेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *