बिद्यार्थी एकता दिवसमा पाँच बामपन्थी नेता एउटै मञ्चमा देखिने
काठमाडौं। विद्यार्थी एकता दिवसको अवसर पारेर पाँच बामपन्थी विद्यार्थी संगठनले विशेष कार्यक्रम गर्ने भएका छन्।
नेकपा माओवादी निकट अखिल क्रान्तिकारी, नेकपा एस निकट अनेरास्ववियु, राष्ट्रिय जनमोर्चा निकट अखिल छैठौ, नेसपा निकट समाजवादी विद्यार्थी युनियन र नेकपा निकट अखिल क्रान्तिकारीले संयुक्त रुपमा कार्यक्रम आयोजना गर्न लागेका हुन्।
जेठ १ गते राष्ट्रिय नाचघरमा हुने विद्यार्थी दिवस र अबको बाटो विषयक कार्यक्रममा प्रधानमन्त्रीसमेत रहेका माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एसका अध्यक्ष माधवकुमार नेपाललगायत सहभागी हुने अनेरास्ववियुका अध्यक्ष सुदेश पराजुलीले जानकारी दिए।
उनका अनुसार नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराई, राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी र नेकपा महासचिव नेत्रविक्रम चन्द विप्लव सहभागी हुनेछन्। ‘विद्यार्थीहरुमा एकताको सन्देश दिन सयुक्त कार्यक्रम गर्न लागेका छौ,’ पराजुलीले भने, ‘पार्टी सडक र सत्तामा जहा भएपनी हामी सँगै छौ र सँगै हुनेछौ।’
No ads found for this position

डिसी नेपाल
Facebook Comment