उदयपुर सिमेन्ट उद्योगको विजुली काटियो, ३६ करोड बुझाउन बाँकी

डिसी नेपाल
१ जेठ २०८० १०:२६
216
Shares

उदयपुर। उदयपुर सिमेन्ट उद्योगको बत्ति काटिएको छ। विद्युत प्राधिकरणलाई बुझाउनु पर्ने ३६ करोड बक्यौता नबुझाएपछि आइतबारबाट विद्युत काटिएको हो। विद्युत काटिएपछि उदपुर सिमेन्ट उद्योगको सञ्चालन नै अन्यौलमा परेको छ।

नियमित उत्पादन प्रक्रियामा जान नसकेको कारण २ अर्ब ९ करोड आर्थिक भार परिरहेको बेला बत्तिसमेत काटिएपछि उद्योग थप संकटमा परेको छ।

उदयपुर वितरण केन्द्र प्रमुख विजयकुमार खत्रीका अनुसार एक साता अघि पत्र पठाएर भुक्तानी दिनका लागि अनुरोध गरे पनि उद्योगले भुक्तानी नदिए पछि आइतबारबाट बिजुली काटनु परेको जानकारी दिए।

‘अहिलेसम्म गरेर सिमेन्ट उद्योगले प्राधिकरणलाई बुझाउनु पर्ने करिब ३६ करोड बक्यौता रहँदै आएको थियो तर सो बक्यौता रकम भुक्तानी गर्नका लागि एक साताअघि उद्योगलाई पत्र पठाएका थियौं। तर, पूर्णरूपमा विधुतलाई भुक्तानी गरिएन, त्यसपछि बाध्य भएर आइतबारदेखि बिजुली काटेका हौं’ उनले भने।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *