राप्रपा केन्द्रीय समिति बैठक बस्दै, अध्यक्षको प्रतिवेदनमाथि छलफल हुने
काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को केन्द्रीय समिति बैठक आज पनि बस्दैछ। सोमबारबाट सुरु भएको बैठकमा अध्यक्ष राजेन्द्र लिङदेन ‘यथास्थितिवादी राजनीतिक कित्ताको एकमात्र विकल्प राप्रपा’ नामक राजनीतिक प्रतिवेदनलगायतमा आजबाट छलफल सुरु हुनेछ।
यसैगरी, आजको बैठकमा अध्यक्ष लिङदेनले पेश गरेको राजनीतकि प्रतिवेदनसहित महामन्त्रीले पेश गरेको सांगाठानिक र कोषाध्यक्षले पेश गरेको आर्थिक प्रतिवेदनमाथी केन्द्रिय सदस्यहरुले धारणा राख्ने कार्यक्रम रहेको छ।
अध्यक्ष लिङदेनले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकार बिदेशी इशारामा चल्न थाले पछि सरकार छाडनु परेको जनाएका छन्। उनले पेश गरेको प्रतिवेदनमा हाल भइरहेको नक्कली भुटानी शरणार्थी प्रकरणको छानबिनमा पनि बिदेशी संलग्न रहेको आरोप लगाएका छन्।
‘प्रचण्ड नेतृत्वको सरकार भ्यागुताको धार्नी नपुगे जस्तै हुने मार्गमा छ। सरकार निर्माण र विघटनमा बाह्य प्रभावका प्रसंग चले जस्तै बाह्य दबाबबाट मात्र भ्रष्टाचारको छानबिन हुन थालेको प्रसंग चल्नु राष्ट्रिय लज्जाको विषय हो,’ अध्यक्ष लिङदेनले भनेका छन्, ‘सानालाई ऐन, ठूलालाई चैन भन्ने अवस्था वर्तमान शासनको विशेषता बनेको छ, यो यथार्थ अवस्था दण्डहीनताको श्रृखलाहरूले आफैं प्रमाणित गरेको छ।’
उनले अगाडि भनेका छन्, ‘धेरै पर जानै पर्दैन, वाइड बडीदेखि ललिता निवास जग्गा काण्ड, एनसेलदेखि क्यान्टोनमेन्ट घोटाला ध्यानमा लिने हो भने सत्यतथ्य सबै छर्लङ्ग हुन्छ।’
उनले भ्रष्टचारको बिरुद्धमा निमर्म भएर उभिन पनि पार्टी पंक्तिलाई आग्रह गरेका छन्। मुख्य दलका अराजनीतिक गतिबिधि र भ्रष्ट प्रवृतिका कारण संबैधानिक राजतन्त्रको औचित्य अझै बढ्न गएको उल्लेख गर्दै त्यसको पक्षमा माहौल सिर्जना गर्नका लागि उपयुक्त अवस्था सिर्जना भएको पनि लिङदेनले जनाएका छन्।
अध्यक्षको रानजनीतिक, महामन्त्रीको सांगठानिक र कोषाध्यक्षको आर्थिक प्रतिवेदनमाथि मंगलबारबाट छलफल हुने प्रवक्ता सगुन लावतीले जानकारी दिए।







डिसी नेपाल







Facebook Comment