अमेरिकी डलरको भाउ बढ्यो, यस्तो छ अन्य विदेशी मुद्राको विनिमय दर

डिसी नेपाल
२ जेठ २०८० ८:४६

काठमाडौँ। अमेरिकी डलरको भाउ बढेको छ। नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गर्दै अमेरिकी डलर एकको खरिददर १३१ रुपैयाँ ३८ पैसा र बिक्रीदर १३१ रुपैयाँ ९८ पैसा कायम गरिएको छ। अमेरिकी डलर एकको खरिददर १३१ रुपैयाँ १७ पैसा र बिक्रीदर १३१ रुपैयाँ ७७ पैसा कायम गरिएको छ।

यता, युरोपियन युरोको भाउ भने बढेको छ। युरोपियन युरोको खरिद दर १४२ रुपैयाँ ९० पैसा र बिक्रीदर १४३ रुपैयाँ ५५ पैसा तोकिएको छ। सोमबार युरो एकको खरिददर १४२ रुपैयाँ ३२ पैसा र बिक्रीदर १४२ रुपैयाँ ९७ पैसा रहेको थियो।

बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर १६४ रुपैयाँ २९ पैसा र बिक्रीदर १६४ रुपैयाँ ०४ पैसा, अष्ट्रेलियन डलरको एकको खरिदमा ८७ रुपैयाँ ८६ पैसा र बिक्रीमा ८८ रुपैयाँ २६ पैसा र क्यानेडियन डलर एकको खरिदमा भने ९७ रुपैयाँ २८ पैसा र बिक्रीमा ९७ रुपैयाँ ७२ पैसा निर्धारण गरेको छ।

यस्तै, जापानी यन एकको खरिददर ९ रुपैयाँ ६५ पैसा र बिक्रीदर ९ रुपैयाँ ६९ पैसा र चाइनिज युअन एकको खरिददर १८ रुपैयाँ ९० पैसा र बिक्रीदर १८ रुपैयाँ ९८ पैसा कायम गरिएको छ।

यता, कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ ०६ पैसा र बिक्रीदर ३६ रुपैयाँ २२ पैसा कायम गरिएको छ। युएई दिराम एकको खरिदमा ३५ रुपैयाँ ७८ पैसा र बिक्रीमा ३५ रुपैयाँ ९४ पैसा, साउदी अरेबियन एकको खरिददर ३५ रुपैयाँ ०३ पैसा र बिक्रीदर ३५ रुपैयाँ १९ पैसा र मलेसियन रिंगिट एकको खरिददर २९ रुपैयाँ २१ पैसा र बिक्रीदर २९ रुपैयाँ ३५ पैसा कायम गरिएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *