एनएमबि लघुवित्तको तेश्रो त्रैमास : खुद नाफासंगै घट्यो प्रति सेयर आम्दानी
काठमाडौँ। एनएमबि लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०७९/८० को तेस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ। सार्वजनिक गरेको विवरण अनुसार संस्थाको अधिकांश सूचकमा गिरावट आएको छ। संस्थाको खुद नाफा ८९.८० प्रतिशतले घटेर १ करोड १५ लाख रुपैयाँमा सिमित भएको छ। गत वर्षको यहि अवधिमा संस्थाले ११ करोड २५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।
संस्थाको खुद ब्याज आम्दानी र सञ्चालन मुनफा घटेसंगै खुद नाफा पनि घटेको देखिन्छ। संस्थाको खुद ब्याज आम्दानी २५.८५ प्रतिशतले घटेर २५ करोड ९६ लाख रुपैयाँ भएको छ। गत वर्ष यही अवधिसम्म संस्थाको खुद ब्याज आम्दानी ३५ करोड १ लाख रुपैयाँ थियो। यता, गत वर्ष १६ करोड १३ लाख रुपैयाँ सञ्चालन मुनाफा गरेको संस्थाले यस वर्ष ९० प्रतिशतले घटेर १ करोड ६१ लाख रुपैयाँमा सीमित भएको छ।
चैत मसान्तसम्म संस्थाले २ अर्ब ७१ करोड रुपैयाँ सापटी लिई ५ अर्ब २३ करोड रुपैयाँ कर्जा लगानी गरेको छ। हाल संस्थाको चुक्तापुँजी ६५ करोड ५८ लाख रुपैयाँ रहेको छ भने रिजर्भको आकार २८.०७ प्रतिशतले बढेर २२ करोड ७८ लाख रुपैयाँको उचाइमा पुगेको छ।
समिक्षा अवधिमा संस्थाको खराब कर्जा अनुपात (एनपीएल) ४.०६ प्रतिशतबाट बढेर ८.९७ प्रतिशत पुगेको छ। संस्थाको खुद नाफा घटेसंगै प्रति सेयर आम्दानी पनि घटेको छ। संस्थाको प्रतिसेयर आम्दानी (ईपीएस) १७ रुपैयाँ २० पैसाबाट घटेर १ रुपैयाँ ७५ पैसामा झरेको छ। पीई रेसियो ३३५.६३ गुणा रहेको संस्थाको प्रतिसेयर नेटवर्थ १६४.७३ रुपैयाँ रहेको विवरणमा उल्लेख छ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment