सामान्य अंकले बढ्यो सेयर बजार

डिसी नेपाल
२ जेठ २०८० १५:१६
96
Shares

काठमाडौँ। साताको कारोबारको तेश्रो दिन मंगलबार सेयर बजार बढेको छ। मंगलबार नेप्से परिसूचक ३.२९ अंकले बढेर १८२१.६० विन्दुमा पुगेको छ। यस्तै, ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ०.०१ अंकले घटेर ३४९.०० विन्दुमा पुगेको छ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कूल २६९ कम्पनीको २० लाख ६३ हजार ७३७ कित्ता सेयर खरिद बिक्री हुँदा ६४ करोड १ लाख रुपैयाँमाथिको सेयर कारोबार भएको छ।

त्यस्तै, कारोबारको आधारमा एनआईसी एशिया बैंकको अग्रिम स्थानमा छ। यसको आज ५ करोड भन्दा बढीको कारोबार भएको छ। त्यस्तै क्रमश : शिभम् सिमेन्ट र नबिल बैंकको कारोबार भएको छ।

मंगलबारको कारोबारमा १३ वटै उपसूचकमध्ये दुई उपसूचक बाहेक सबै उपसूचक बढेको छ। आजको कारोबारमा आत्मनिर्भर लघुवित्त र माया खोला हाइड्रोपावरका लगानीकर्ताले अत्याधिक कमाएका छन्। भने, माई खोला हाइड्रोपावर र एनआईबिएल ग्रोथ फण्डका लगानीकर्ताले अत्याधिक गुमाएका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *