डिजेल र मट्टितेलको मूल्य १० रुपैयाँले घट्यो
काठमाडौँ। नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य ह्वात्तै घटाएको छ।
मंगलबार निगम सञ्चालक समितिको बैठकले राति १२ बजेदेखि लागू हुने गरी डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १० रुपैयाँले घटाउने निर्णय गरेको हो।
निगमले पेट्रोल, हवाई इन्धन तथा एलपी ग्यासको मूल्य यथावत् राखिएको छ। नयाँ मूल्य सूचीअनुसार १५५ रुपैयाँ रहेको छ। ईण्डियन आयल कर्पोरेशन लिमिटेडले मंगलबार पेट्रोल र डिजेलको मूल्यमा घटाएर नयाँ मूल्य सूची पठाएको थियो।

No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment