अमेरिकी डलरको भाउ घट्यो, युरो बढ्यो

डिसी नेपाल
३ जेठ २०८० ८:४५

काठमाडौँ। अमेरिकी डलरको भाउ घटेको छ। नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गर्दै अमेरिकी डलर एकको खरिददर १३१ रुपैयाँ २४ पैसा र बिक्रीदर १३१ रुपैयाँ ८४ पैसा कायम गरिएको छ। मंगलबार अमेरिकी डलर एकको खरिददर १३१ रुपैयाँ ३८ पैसा र बिक्रीदर १३१ रुपैयाँ ९८ पैसा कायम गरिएको छ।

यता, युरोपियन युरोको भाउ भने बढेको छ। युरोपियन युरोको खरिद दर १४२ रुपैयाँ ९५ पैसा र बिक्रीदर १४३ रुपैयाँ ६१ पैसा तोकिएको छ। मंगलबार युरो एकको खरिददर १४२ रुपैयाँ ९० पैसा र बिक्रीदर १४३ रुपैयाँ ५५ पैसा रहेको थियो।

बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर १६४ रुपैयाँ ५३ पैसा र बिक्रीदर १६५ रुपैयाँ २८ पैसा, अष्ट्रेलियन डलरको एकको खरिदमा ८७ रुपैयाँ ७२ पैसा र बिक्रीमा ८८ रुपैयाँ १२ पैसा र क्यानेडियन डलर एकको खरिदमा भने ९७ रुपैयाँ ४५ पैसा र बिक्रीमा ९७ रुपैयाँ ८९ पैसा निर्धारण गरेको छ।

यस्तै, जापानी यन एकको खरिददर ९ रुपैयाँ ६६ पैसा र बिक्रीदर ९ रुपैयाँ ७१ पैसा र चाइनिज युअन एकको खरिददर १८ रुपैयाँ ८४ पैसा र बिक्रीदर १८ रुपैयाँ ९३ पैसा कायम गरिएको छ।

यता, कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ र बिक्रीदर ३६ रुपैयाँ १७ पैसा कायम गरिएको छ। युएई दिराम एकको खरिदमा ३५ रुपैयाँ ७४ पैसा र बिक्रीमा ३५ रुपैयाँ ९० पैसा, साउदी अरेबियन एकको खरिददर ३५ रुपैयाँ र बिक्रीदर ३५ रुपैयाँ १६ पैसा र मलेसियन रिंगिट एकको खरिददर २९ रुपैयाँ १७ पैसा र बिक्रीदर २९ रुपैयाँ ३० पैसा कायम गरिएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *