बैंकसहित दुई कम्पनीको ४९ लाख ९२ हजार ३०८.४३५३ कित्ता सेयर नेप्सेमा सूचिकृत
काठमाडौँ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा दुई कम्पनीको ४९ लाख ९२ हजार ३०८.४३५३ कित्ता सेयर सूचिकृत भएको छ। बुधबारको कारोबारमा नेपाल बैंक र फरवार्ड माइक्रोफाइनाको सेयर सूचिकृत भएको हो।
नेपाल बैंकको २८ लाख ८१ हजार १८०.९६६३ कित्ता बोनस सेयर सूचिकृत भएको हो। बैंकको गत आर्थिक वर्षको मुनाफाबाट २ प्रतिशत बोनस सेयर वितरण गरेको थियो।
यस्तै, फरवार्ड माइक्रोफाइनान्सको २१ लाख ११ हजार १२७.४६९ कित्ता बोनस सय सूचिकृत भएको हो। संस्थाले गत आर्थिक वर्षको मुनाफाबाट २५ प्रतिशत बोनस सेयर वितरण गरेका थिए।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment