मदन-आश्रितको मृत्यु रहस्यकाे पर्दामा लुकेको छ : माधव नेपाल

डिसी नेपाल
३ जेठ २०८० १२:५०

काठमाडाैं। नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले नेपालको राजनीति र कम्युनिष्ट आन्दोलनलाई भ्रष्टिकरणबाट जोगाउने चुनाैती रहेकाे बताएका छन्।

बुधबार ३० औं मदन-आश्रित स्मृति दिवसका अवसरमा पार्टी कार्यालय तीनकुनेमा आयोजित कार्यक्रममा अध्यक्ष नेपालले पार्टीभित्र अलोकतान्त्रिक चरित्र विद्यमान रहेको अवस्थामा राजनीति र कम्युनिष्ट आन्दोलनलाई भ्रष्टिकरणबाट जोगाउने चुनौती रहेको बताएका हुन्।

उनले नीति भन्दा नेता प्रधान, सामुहिक नेतृत्वको सिद्धान्त पालना गर्नुभन्दा एउटा नेताको निर्देशन पालना गर्नुपर्ने अवस्था रहेको जिकिर गरे।

उनले अहिलेको परिस्थीतिमा कम्युनिष्ट पार्टीबीच एकताका लागि छलफल भइरहेको भन्दै समानताका आधारमा अघि बढ्ने मिलेर तयार रहेको बताए। अध्यक्ष नेपालले मदन भण्डारीले नेपाली राजनीतिलाई सही बाटोमा लिएर जाने अभियान स्मरण गरे।

उनले मदन-आश्रितको रहस्यमय मृत्यु पर्दामा लुकेको भन्दै राम्रो सँग छानविन हुन नसकेको बताए।

कार्यक्रममा समाजवादीका सम्मानीत नेता झलनाथ खनालले मुलुकमा खुल्ला रुपमा भइरहेको विदेशीशक्तिको हस्तक्षेपलाइ रोक्नुपर्ने बताए। नेपाल असंलग्न मुलुक भएको भन्दै कुनै पनि शक्ति केन्द्रले नेपालसँग खेल्न खोजे स्वीकार्य नहुने उनले बताए।

खनालले कम्युनिष्ट आदर्शका वैचारिक योद्धाका रूपमा मदन-आश्रितका योगदानलाई स्मरण गर्दै पार्टीलाई क्रान्तिकारी पार्टीको रुपमा रुपान्तरण गर्नुपर्ने बताए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *