दोहोरो अंकले बढ्यो नेप्से परिसूचक

डिसी नेपाल
३ जेठ २०८० १५:११
240
Shares

काठमाडौँ। साताको कारोबारको चौथो दिन बुधबार सेयर बजार बढेको छ। बुधबार नेप्से परिसूचक २३.३९ अंकले बढेर १८४५.०१ विन्दुमा पुगेको छ। यस्तै, ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ४.०० अंकले बढेर ३५२.९४ विन्दुमा पुगेको छ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कूल २६६ कम्पनीको २५ लाख ७७ हजार २१० कित्ता सेयर खरिद बिक्री हुँदा ८५ करोड ७६ लाख रुपैयाँमाथिको सेयर कारोबार भएको छ।

त्यस्तै, कारोबारको आधारमा शिभम् सिमेन्टको अग्रिम स्थानमा छ। यसको आज ५ करोड भन्दा बढीको कारोबार भएको छ। त्यस्तै क्रमश : नेपाल दूरसंचार कम्पनी र एनआईसी एशिया बैंकको कारोबार भएको छ।

बुधबारको कारोबारमा १३ वटै उपसूचक बढेर हरियाली छाएको छ। आजको कारोबारमा आत्मनिर्भर लघुवित्त र इष्टन हाइड्रोपावरका लगानीकर्ताले अत्याधिक कमाएका छन्। भने, माई खोला हाइड्रोपावर र युनिक नेपाल लघुवित्तका लगानीकर्ताले अत्याधिक गुमाएका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *