अमेरिकी डलरको भाउ बढ्यो, यस्तो छ अन्य विदेशी मुद्राको विनिमय दर

डिसी नेपाल
४ जेठ २०८० ९:१८

काठमाडौँ। अमेरिकी डलरको भाउ बढेको छ। नेपाल राष्ट्र बैंकले बिहिबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गर्दै अमेरिकी डलर एकको खरिददर १३१ रुपैयाँ ५२ पैसा र बिक्रीदर १३२ रुपैयाँ १२ पैसा कायम गरिएको छ। बुधबार अमेरिकी डलर एकको खरिददर १३१ रुपैयाँ २४ पैसा र बिक्रीदर १३१ रुपैयाँ ८४ पैसा कायम गरिएको छ।

यता, युरोपियन युरोको भाउ भने घटेको छ। युरोपियन युरोको खरिद दर १४२ रुपैयाँ ४३ पैसा र बिक्रीदर १४२ रुपैयाँ १२ पैसा तोकिएको छ। बुधबार युरो एकको खरिददर १४२ रुपैयाँ ९५ पैसा र बिक्रीदर १४३ रुपैयाँ ६१ पैसा रहेको थियो।

बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर १६३ रुपैयाँ ७१ पैसा र बिक्रीदर १६४ रुपैयाँ ४३ पैसा, अष्ट्रेलियन डलरको एकको खरिदमा ८७ रुपैयाँ ४८ पैसा र बिक्रीमा ८७ रुपैयाँ ८८ पैसा र क्यानेडियन डलर एकको खरिदमा भने ९७ रुपैयाँ ४३ पैसा र बिक्रीमा ९७ रुपैयाँ ८७ पैसा निर्धारण गरेको छ।

यस्तै, जापानी यन एकको खरिददर ९ रुपैयाँ ६० पैसा र बिक्रीदर ९ रुपैयाँ ६४ पैसा र चाइनिज युअन एकको खरिददर १८ रुपैयाँ ८० पैसा र बिक्रीदर १८ रुपैयाँ ८९ पैसा कायम गरिएको छ।

यता, कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ ०९ पैसा र बिक्रीदर ३६ रुपैयाँ २६ पैसा कायम गरिएको छ। युएई दिराम एकको खरिदमा ३५ रुपैयाँ ८२ पैसा र बिक्रीमा ३५ रुपैयाँ ९८ पैसा, साउदी अरेबियन एकको खरिददर ३५ रुपैयाँ ०७ पैसा र बिक्रीदर ३५ रुपैयाँ २३ पैसा र मलेसियन रिंगिट एकको खरिददर २९ रुपैयाँ ०७ पैसा र बिक्रीदर २९ रुपैयाँ २० पैसा कायम गरिएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *