बिनु यादव नौं दिनदेखि माइतीघर मण्डलामा अनसनरत, माग सम्बोधन नभएसम्म बसिरहने अडान

डिसी नेपाल
४ जेठ २०८० ९:३३
360
Shares

काठमाडौँ। माइतीघर मण्डलामा अनसन बसेको नौ दिन बितिसक्दा पनि बिनु यादवको मागका बारेमा सरकारले अझै कुनै सम्बोधन गरेको छैन्।

प्रहरीले पालसमेत टाँग्न नदिए पछि खुल्ला आकासमा ९ दिनदेखि न्यायको माग गर्दै अनसनरत यादवको मागका बारेमा सरकारले कुनै सम्बोधन नगरेको हो । ‘आज सत्याग्रहको नवौ दिन न्याय नलिई  यहाँबाट नउठ्ने निर्णय गरे’ उनले भनेकी छिन् ।

‘माइतीघर मण्डलामा ९ दिन देखी न्यायका लागि अनसनरत छु तर पाल पनि प्रहरीले टाँग्न नदिए पछि खुल्ला आकासमा रात कटाउँदै आएको छु,’ कठायतले भन्दै आएकी छिन्, ‘तर, सरकारले मेरा मागका बारेमा अझै पनि कुनै सम्वोधन गरेको छैन्।’ हावाहुरीसँगै भिषण वर्षा भएपछि नजिकैको रेष्टुरेन्टमा ओत लागेर रात कटाउनु परेको परेको पीडा उनले सुनाएकी छिन्।

गत २७ बैशाख देखी अनसनरत कठायतको मागका बारेमा गृह मन्त्रालयका प्रवक्ता जितेन्द्र बस्नेत र काठमाडौं जिल्ला प्रशासन कार्यालयका प्रमुख श्याम उपाध्यायले भेटघाट गरेर गए पनि माग सम्वोधनका बारेमा कुनै खबर नगरेको उनको भनाइ छ।

‘गृह मन्त्रालयका प्रवक्ता र काठमाडौंका सिडियो साहेब आएर भेटघाट गरेर जानकारी लिनु भयो, तपाईको माग सम्वोधन गर्छु भनेर जानु भएको थियो तर अहिलेसम्म कुनै पनि माग सम्बोधन गर्नुभएको छैन।’ आफ्नो माग सम्वोधन नभएसम्म अनसन जारी राख्ने उनले जानकारी दिइन्।

गत २०७५ सालमा आफु माथी जर्बजस्ती करणी भएको र सो उजुरी फिर्ता गर्न लगाउने डिएसपी सुरज कार्की मार्थी कारबाही गर्नुपर्ने, आफ्नो इच्छा बिपरित सबन्धबिच्छेद गराउने न्यायधिस बद्रीप्रसाद ओलीमाथि कारबाही गर्नुपर्ने, आफुमाथि पटक पटक बलात्कारको प्रयास गर्ने काका ससुरा पवन कठायतलाई पक्राउ गर्नुपर्ने, पहिला बलात्कार अनि विवाह गरेर सबन्ध बिच्छेद गराउन बाध्य बनाउने प्रदिप कठायतलाई कारबाही गर्नुपर्नेसहित ५ बुदेँ माग राखेर उनी माइतीघर मण्डलामा सात दिनदेखि अनसनरत  छिन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *