साल्ट ट्रेडिङ कर्पोरेसनको खुद नाफा १९३.९५ प्रतिशतले बढ्यो

डिसी नेपाल
४ जेठ २०८० ११:३९
112
Shares

काठमाडौँ। साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले आर्थिक वर्ष २०७९/८० को तेश्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ।  सार्वजनिक गरेको विवरण अनुसार कम्पनीको अधिकांश सूचक बढेको छ।

समिक्षा अवधिमा कम्पनीको खुद नाफा १९३.९५ प्रतिशतले बढेर ३ करोड ७१ लाख रुपैयाँ पुर्याउन सफल भएको छ।  गत वर्ष यहि अवधिमा कम्पनीले १ करोड २६ लाख रुपैयाँ नाफा कमाएको थियो।

कम्पनीले वस्तु बिक्रीबाट ५ अर्ब ७७ करोड रुपैयाँ आम्दानी गरेको छ। अघिल्लो वर्ष यस्तो आम्दानी ४ करोड ९१ लाख रुपैयाँ रहेको छ। यो हिसाबले आम्दानी १७.४४ प्रतिशतले बढेको छ।  कम्पनीको प्रशासकीय खर्च बढेर १५ करोड ३४ लाख रुपैयाँ पुगेको छ। गत वर्ष यस्तो खर्च १३ करोड २४ लाख रुपैयाँमा सीमित थियो।

यो तेश्रो त्रैमाससम्म सेयरपुँजी २५ लाख ३५ हजार रुपैयाँ रहेको कम्पनीको जगेडाको आकार ०.१८ प्रतिशतले बढेर १ अर्ब ३५ करोड रुपैयाँको उचाइमा पुगेको छ। गत वर्ष यही अवधिमा जगेडामा १ अर्ब ३२ करोड रुपैयाँ थियो।

कम्पनीको प्रतिसेयर आम्दानी (ईपीएस) २९ रुपैयाँ २८ पैसा रहेको छ भने प्रतिसेयर नेटवर्थ ४४४ रुपैयाँ १४ पैसा रहेको विवरणमा उल्लेख छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *