सिटी होटलको आईपीओ शुक्रबार बाँडफाँट हुने

डिसी नेपाल
४ जेठ २०८० ११:५१
264
Shares

काठमाडौँ। सिटी होटलको आईपीओ शुक्रबार बाँडफाँट हुँदैछ। बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलका अनुसार शुक्रबार बिहान ८.३० बजे सिटी होटल छिन्नताला चोक, सोल्टीमोड काठमाडौंमा तयारी गरिएको छ। यता, सिटीहोटलको आईपीओमा मागभन्दा ९.४३ गुणा बढी आवेदन परेको छ। गोलाप्रथाबाट आइपीओ बाँडफाँट हुनेछ।

यसमा ११ लाख ६१ हजार २८० जनाले कुल १ करोड २७ लाख ८८ हजार ९९० कित्ताको लागि आवेदन दिएका छन्। जसमा १ लाख ३५ हजार ५९४ जनाले मात्र सेयर हात पार्नेछन्। १० लाख २५ हजार ६८६ जनाको भने हात खाली हुनेछ।

होटलले वैशाख २५ गतेदेखि २८ गतेसम्म आईपीओ निष्कासन खुला गरेको थियो। यस होटलको जारी पुँजी १ अर्ब ६७ करोड ४० लाख रुपैयाँ छ। कम्पनीले पब्लिकका लागि छुट्याएको कुल १६ लाख ७४ कित्ता सेयरमाध्ये १ लाख ६७ हजार ४०० कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई बिक्री गरिसकेको छ।

यस्तै, ६६ हजार ९६० कित्ता सेयर कर्मचारीहरु र ८३ हजार ७ सय कित्ता सामूहिक लगानी कोषका लागि सुरक्षित गरिएको थियो। सर्वसाधारणले बाँकी रहेको १३ लाख ५५ हजार ९४० कित्ता सेयरका लागि आवेदन दिने ब्यवस्था थियो। यसमा बिक्री प्रबन्धकको काम ग्लोबल आइएमई क्यापिटलले गरेको छ।

रेटिङ रेटिङ एजेन्सी केयर नेपालले सिटी होटलको आईपीओलाई केयर एनपी डबल बी प्लस इस्यूअर रेटिङ प्रदान गरेको छ। यसले दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको जनाउँछ। केयर नेपालले २०७८ चैत २२ गते उक्त रेटिङ दिएको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *