हिम रिभर पावरले आईपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल !

डिसी नेपाल
४ जेठ २०८० १२:२५

काठमाडौँ। हिम रिभर पावर लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको छ।

कम्पनीले आईपीओ जारी गर्नका लागि निष्काशन तथा विक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटललाई नियुक्त गरेको छ। विक्री प्रबन्धक नियुक्त गर्नेसम्बन्धी  रिभर पावर र सिद्धार्थ क्यापिटलबीच सम्झौता भएको छ ।

कम्पनीले प्रति कित्ता १ सय रुपैयाँ अंकित मूल्यमा २६ करोड ६० लाख रुपैयाँ बराबर २६ लाख ६० हजार कित्ता आईपीओ निष्काशन गर्न लागेका हुन्। कम्पनीले जारी गर्न लागेको जसमध्ये पहिलो चरणमा आयोजना प्रभावित सिन्धुपाल्चोक जिल्लाको भोटेकोशी गाउँपालिकाका स्थानीय वासिन्दाका लागि आईपीओ निष्काशन गर्नेछ।

आयोजना प्रभावितका लागि सर्वसाधारणका लागि कम्पनीले १३ करोड ३० लाख रुपैयाँ बराबरको १३ लाख ३० हजार कित्ता निष्काशन गर्नेछ।

हिम रिभर पावर लिमिटेडले सिन्धुपाल्चोक जिल्लाको भोटेकोशी गाउँपालिकामा वार्षिक उत्पादन क्षमता ९४.४० गिगावट र जडित क्षमता १६.२६ मेगावाट भएको लिपिङ खोला हाइड्रोपावर परियोजना निर्माण गरिरहेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *