दुई कम्पनीको सेयर भाउमा पोजेटिभ सर्किट
काठमाडौँ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा दुई कम्पनीको सेयर भाउमा सकारात्मक सर्किट लागेको छ।
बिहिबारको कारोबारमा हिमालयन उर्जा विकास कम्पनी र आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाको सेयर भाउमा सकारात्मक सर्किट लागेको हो। यी दुईवटै कम्पनीको सेयर भाउ १० प्रतिशतले बढेर सर्किट लागेको हो।
हिमालयन उर्जाको सेयर भाउ २५ रुपैयाँ ५० पैसाले बढेर २ सय ८१ रुपैयाँ ६० पैसा र आत्मनिर्भर लघुवित्तको सेयर भाउ ९३ रुपैयाँ ३० पैसाले बढेर २ सय ८१ रुपैयाँ ६० पैसा पुगेको छ।
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment