सेयर बजारमा हरियाली, ३२.३० अंकले बढ्यो नेप्से परिसूचक

डिसी नेपाल
४ जेठ २०८० १५:१७
108
Shares

काठमाडौँ। साताको कारोबारको अन्तिम दिन बिहीबार सेयर बजार बढेको छ। बिहीबार नेप्से परिसूचक ३२.३० अंकले बढेर १८७७.३२ विन्दुमा पुगेको छ। यस्तै, ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ५.२३ अंकले बढेर ३५८.१८ विन्दुमा पुगेको छ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कूल २६६ कम्पनीको ४४ लाख २२ हजार १८६ कित्ता सेयर खरिद बिक्री हुँदा १ अर्व ४७ करोड ४७ लाख रुपैयाँमाथिको सेयर कारोबार भएको छ।

त्यस्तै, कारोबारको आधारमा नेपाल दूरसंचार कम्पनीको अग्रिम स्थानमा छ। यसको आज ८ करोड ६३ लाखभन्दा बढीको कारोबार भएको छ। त्यस्तै क्रमश : शिभम् सिमेन्ट र एनआईसी एशिया बैंकको कारोबार भएको छ।

बिहिबारको कारोबारमा १३ वटै उपसूचक बढेर हरियाली छाएको छ। आजको कारोबारमा हिमालयन उर्जा विकास कम्पनी र आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाको सेयर भाउमा सकारात्मक सर्किट लागेको छ।  यी दुई कम्पनीका लगानीकर्ताले अत्याधिक कमाएका छन्। भने, एनआईबिएल ग्रोथ फण्ड र हिमालयन बैंक ऋणपत्रका लगानीकर्ताले अत्याधिक गुमाएका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *