यस्ताे छ, आजकाे बिदेशी बिनिमय दरकाे मूल्य

डिसी नेपाल
५ जेठ २०८० ७:३६
320
Shares

काठमाडौं। नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ।

आज डलरको खरिद दर १३१ रूपैयाँ ८७ पैसा र बिक्री दर १३२ रूपैयाँ ४७ पैसा रहेको छ। युरो एकको खरिद दर १४२ रूपैयाँ ६२ पैसा र बिक्री दर १४३ रूपैयाँ २७ पैसा रहेको छ।

बेलायती पाउण्ड एकको खरिद दर १६३ रूपैयाँ ७९ पैसा र बिक्री दर १६४ रूपैयाँ ७२ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३६ रूपैयाँ २० पैसा र बिक्री दर ३६ रूपैयाँ ३६ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

यस्तै, साउदी रियाल १ को खरिददर ३५ रुपैयाँ १६ पैसा छ भने बिक्री दर ३५ रुपैयाँ ३२ पैसा छ। मलेसियन रिङ्गिट १ को खरिददर २९ रुपैयाँ ०७ पैसा छ भने बिक्री दर २९ रुपैयाँ २० पैसा छ। साउथ कोरियन वन १०० को खरिददर ९ रुपैयाँ ८९ पैसा छ भने बिक्री दर ९ रुपैयाँ ९३ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *