रौतहटमा छुरा प्रहारबाट एमालेका स्थानीय नेताको मृत्यु

डिसी नेपाल
६ जेठ २०८० १५:०५
232
Shares

रौतहट। रौतहटमा छुरा प्रहारबाट एक जनाको ज्यान गएको छ ।

गौर नगरपालिका–७ सिसवा गाउँमा गएराति छुरा प्रहारमा परी ५० वर्षीय यार महमद खानको ज्यान गएको हो । उनी गत निर्वाचनमा नेकपा एमालेका तर्फबाट वडा अध्यक्षका उम्मेदवार रहेका थिए ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक वीरबहादुर बुढामगरका अनुसार छिमेकी शेख साविरसँग खानसँग भएको झगडामा उनीमाथि छुरा प्रहार भएको थियो । छात्तिमा छुरा प्रहार भए पछि घाइते भएका खानलाई राति नै उपचारका लागि प्रादेशिक अस्पताल गौर लगिएको थियो।

तर, उपचारको क्रममा उनलाई चिकित्सकको टोलीले मृत घोषणा गरेका थिए।

छुरा प्रहारमा संलग्न छिमेकी साविर खान भने फरार भएका छन्। उनको खोजी गरिरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *