महुली लघुवित्तको सेयर लिलामी बिक्री खुला

डिसी नेपाल
१६ जेठ २०८० ११:३६
104
Shares

काठमाडौँ। एनआइसी एसिया बैंकले आफ्नो स्वामित्वमा रहेको महुली लघुवित्तको ५ हजार १८३ कित्ता संस्थापक सेयर मंगलबारबाट लिलामी बिक्री खुला गरेको छ।

यसमा जेठ २३ गतेसम्म बोलपत्र पेश गर्न सकिनेछ। लगानीकर्ताले यो सेयरमा न्यूनतम २६४ रुपैयाँ रुपैयाँ भाउ राखेर आवेदन दिन सक्नेछन्।

कम्पनीको लिलामी आवेदन एनआइसी एसिया क्यापिटल बबरमहल, एनआइसी एसिया बैंकको केन्द्रीय कार्यालय थापाथली र शाखा कार्यालयहरु विराटनगर, वीरगंज, पोखरा, बुटवल, धनगढी र सुर्खेतबाट पेश गर्न सकिनेछ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *