ह्वात्तै बढ्यो सुनको मूल्य

काठमाडौँ। नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ। मंगलबार सुनको मूल्य प्रतितोला १ लाख १० हजार ५ सय रुपैयाँ कायम भएको हो।
सोमबार प्रति तोला १ लाख ८ हजार १ सय रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन मूल्य २ हजार ४ सय रुपैयाँले बढेर प्रति तोला १ लाख १० हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। तेजावी सुनको मूल्य तोलाको १ लाख ९ हजार ९ सय ५० रुपैयाँ निर्धारण भएको छ।
यता, चाँदीको मूल्य प्रति तोला १ हजार ३ सय ७५ रुपैयाँ कायम भएको छ। चाँदीको मूल्य प्रति तोला १५ रुपैयाँले बढेको हो। सोमबार चाँदीको मूल्य प्रति तोला १ हजार ३ सय ६० रुपैयाँमा कारोबार भएको थियो।
प्रतिक्रिया
Facebook Comment