युनिक नेपाल लघुवित्तको एफपीओ भर्ने आज अन्तिम मौका, तपाई छुट्नु त भएन ?

डिसी नेपाल
१७ जेठ २०८० ९:५४
140
Shares

काठमाडौँ। युनिक नेपाल लघुवित्त वित्तीय संस्थाको ३ लाख ७९ हजार ४२५ कित्ता एफपीओ भर्ने आज अन्तिम दिन रहेको छ।  कम्पनीको यस एफपीओमा लगानीकर्ताले आज कार्यालय समयसम्म मात्र आवेदन दिन पाउने छन्।

कम्पनीले जेठ ११ गतेदेखि प्रति कित्ता १ सय रुपैयाँ अंकित मूल्यमा ३ करोड ७९ लाख ४२ हजार ५०० रुपैयाँ बराबरको एफपीओ बिक्री खुला भएको हो।

साबिकको युनिक नेपाल लघुवित्त र घोडीघोडा लघुवित्त मर्जर भई बनेको यो संस्थाको कुल चुक्तापुँजी ११ करोड ६ लाख ३२ हजार ५०० रुपैयाँको ९४.०१ प्रतिशतले हुन आउने संस्थापक समूहको १० करोड ४० लाख २ हजार ५०० र ५.१९ प्रतिशतले हुन आउने सर्वसाधारण समूहको ६६ लाख ३० हजार रुपैयाँबराबरको सेयर कायम रहेको हुनाले बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन, २०७३ र नेपाल राष्ट्र बैंकले मर्जरका लागि अन्तिम स्वीकृतिपत्र प्रदान गर्दा दिएको निर्देशनबमोजिम युनिक नेपालले एफपीओ जारी गरेको हो।

यस एफपीओमा बिक्री प्रबन्धकको काम मुक्तिनाथ क्यापिटलले गर्नेछ। यस एफपीओमा लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतममा १ हजार कित्तासम्म खरिद आवेदन दिन सक्नेछन्। लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त सी–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र सीडीएससीको मेरो सेयरबाट खरिद आवेदन दिन सक्नेछन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *