रावा इनर्जी डेभलपमेन्टको आईपीओ बिक्री खुला

डिसी नेपाल
१८ जेठ २०८० ९:५०
112
Shares

काठमाडौँ। रावा इनर्जी डेभलपमेन्ट कम्पनीले सर्वसाधारणका लागि आज (जेठ १८ गते)देखि आईपीओ बिक्री खुला गरेको छ।

कम्पनीले ८ करोड ४० लाख रुपैयाँ बराबरको ८ लाख ४० कित्ता आईपीओ जारी गर्न लागेको हो। यो मध्य ५६ लाख कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि निष्कासन गरिसकेको छ।

साथै, आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दालाई ८७ हजार ६७० कित्ता सेयर बाँडफाँट गरेको थियो। उक्त समयमा स्थानीय बासिन्दाले खरिद नगरेको १ लाख ९३ हजार कित्ता थप गरी सर्वसाधारणको लागि ६ लाख ९६ हजार ३३० कित्ता सेयर जारी गर्न लागेको हो।

यसमध्ये कर्मचारीलाई १५ हजार ४७ कित्ता र सामूहिक लगानी कोषका लागि ३७ हजार ६१६ कित्ता सेयर छुट्याइएको छ। बाँकी ६ लाख ४३ हजार ६६७ कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन्।

यसमा जेठ २२ गतेसम्म आवेदन दिन सकिनेछ। सो अवधिमा सबै सेयर बिक्री नभएमा जेठ ३२ गतेसम्म आवेदन दिन सक्ने कम्पनीले जनाएको छ।

लगानीकर्ताले यसमा आईपीओ  न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्ताका लागि आवेदन दिन पाउनेछन्। सी–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न सकिने छ। यो आइपीओमा प्रभु क्यापिटल बिक्री प्रबन्धक रहेको छ। रेटिङ एजेन्सी केयर नेपालले रावाको आइपीओलाई केयर एनपी इस्यूअर रेटिङ डबल बी रेटिङ प्रदान गरेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *