आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सको सेयर कारोबार आइतबारदेखि खुल्ने
काठमाडौँ। आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सको सेयर कारोबार आइतबारबाट खुल्ने भएको छ। मर्जर प्रक्रिया पूरा एकीकृत कारोबार पनि सुरु गरिसकेको कम्पनीको सेयर कारोबार आइतबारदेखि सुरु हुन लागेको हो।
यस अघि मर्जर गर्नको लागि रोक्का रखिएको सेयर कारोबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले आजदेखि फुकुवा गरेको छ। योसँगै अब आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सको सेयर कारोबार आइतबारबाट आउने भएको हो।
साबिक आइएमई जनरल इन्स्योरेन्स र प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी १ः१ सेयर स्वाप रेसियोमा मर्ज भएका हुन्। यी दुवै कम्पनीको १०० रुपैयाँ चुक्तामूल्यको कुल ३ करोड २ लाख ९३ हजार ३४६.३९ कित्ता सेयर आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सको नेप्सेमा सूचीकृत भएको छ।
नेप्सेले यो कम्पनीलाई पहिलो कारोबारका लागि प्रतिकित्ता ३७०.८२ रुपैयाँ ओपनिङ रेन्ज निर्धारण गरिएको छ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment