नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको ७२ हजार ६७७ कित्ता संस्थापक सेयर बिक्रीमा
काठमाडौँ। नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले संस्थापक सेयरधनीको नाममा रहेको संस्थापक सेयर बिक्रीमा ल्याएको छ।
बैंकले ७२ हजार ६७७ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको हो। यसमा बैंकका विद्यमान अन्य संस्थापक सेयरधनीले आवेदन दिन सक्नेछन्। सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीले शुक्रबारदेखि ३५ दिनभित्र आवेदन दिनुपर्नेछ।
बैंकको केन्द्रिय कार्यालय, दरवारमार्ग काठमाडौंमा खरिद गर्न चाहेको सेयर संख्या खुलाई आवेदन दिनुपर्नेछ। सेयर भाउ भने बिक्रेताले तेको वमोजिम हुने सूचनामा उल्लेख छ। उक्त समयमा संस्थापक सेयरधनीले सेयर खरिद नगरे अन्य व्यक्ति वा संस्थालाई सेयर बिक्री गरिने बैंकले जनाएको छ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment