ह्वात्तै घट्यो सुनको मूल्य

डिसी नेपाल
२१ जेठ २०८० ११:१०

काठमाडौँ । नेपाली बजारमा सुनक मूल्य घटेको छ। आइतबार सुनको मूल्य प्रति तोलामा १ लाख ११ हजार ६०० रुपैयाँ कायम भएको छ।

सुनको मूल्य प्रति तोला १ हजार ७०० रुपैयाँले घटेर १ लाख ११ हजार ६०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। यस्तै, तेजाबी सुनको मूल्य १ लाख ११ हजार ५० रुपैयाँ कायम भएको छ ।

गत शुक्रबार सुनको भाउ तोलामा ८०० रुपैयाँले बढेको थियो। यो दिन प्रतितोला छापावपाल सुन १ लाख १३ हजार ३०० रुपैयाँ र तेजाबी सुन १ लाख १२ हजार ७५० रुपैयाँमा कारोबार भएको थियो।

आइतबार चाँदीको भाउ पनि तोलामा २० रुपैयाँले घटेर १ हजार ४१५ रुपैयाँ कायम भएको छ। गत शुक्रबार तोलामा २५ रुपैयाँले बढेर चाँदी १ हजार ४३५ रुपैयाँमा किनबेच भएको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *