पुँजीगत लाभकर नै अन्तिम कर हुने भएपछि सेयर बजारमा उत्साह

डिसी नेपाल
२१ जेठ २०८० १४:४१

काठमाडौँ। अर्थ मन्त्रालयले सेयर लगानीकर्ताका माग पूरा गर्न सहमत भएपछि सेयर बजार बढ्न थालेको छ। नेप्से सूचकसँगै कारोबार रकममा पनि तेजी आउन थालेको हो।

आइतबार अर्थ मन्त्रलायमा भएको वार्तामा अर्थमन्त्री प्रकाशशरण महतले हाल कायम ५ प्रतिशत र ७.५ प्रतिशत पुँजीगत लाभकर नै अन्तिम हुने  स्पष्ट गराए। यसका लागि अर्थ मन्त्रालयले एउटा विज्ञप्तिसमेत जारी गरिसकेको छ।

सेयर बजार नै ठप्प पारेका लगानीकर्ताहरु यो खबरसँगै उत्साहित भएका छन्। फलस्वरुपः सेयर बजार पनि बढ्न थालिसकेको छ। कारोबार पनि नियमित सुचारु हुन थालेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *