क्रिकेटर यश दयालले गरे ‘इस्लामफोबिक’ पोस्ट, पछि हटाएर माफी मागे

डिसी नेपाल
२२ जेठ २०८० १६:०१

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) मा गुजरात टाइटन्सबाट खेल्ने क्रिकेटर यश दयाल आफ्नो इन्स्टाग्राम पोस्टका कारण चर्चामा छन् ।

यश दयालले आफ्नो इन्स्टाग्राम स्टोरीमा एक ‘इस्लामोफोबिक’ पोस्ट सेयर गरेका थिए, जुन उनले केही समयपछि डिलिट गरे।

अब क्रिकेटरले आफ्नो कार्यका लागि माफी मागेका छन् । माफी माग्दै यश दयालले आफ्नो इन्स्टाग्राम स्टोरीमा लेखेका छन्, ‘साथीहरू, म स्टोरीको लागि माफी चाहन्छु। यो गल्तीले पोस्ट गरिएको हो, कृपया घृणा नफैलाउनुहोस्। धन्यवाद। म हरेक समुदाय र समाजलाई सम्मान गर्छु ।

यसअघि आइपिएल २०२३ मा केकेआरविरुद्धको खेलका कारण यश दयाल चर्चामा आएका थिए ।

९ अप्रिल २०२३ मा खेलिएको यो खेलमा केकेआरका ब्याट्सम्यान रिंकु सिंहले यश दयालको अन्तिम ओभरमा लगातार ५ छक्का प्रहार गरेका थिए ।

अन्तिम ओभरमा केकेआरलाई खेल जित्न २९ रन चाहिएको थियो र केकेआरले खेल ३ विकेटले जित्यो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *