ए डिभिजन लिग फुटबल, आज चार खेल हुँदै

डिसी नेपाल
२३ जेठ २०८० ७:४१

काठमाडौं। शहिद स्मारक ए डिभिजन लिग फुटबलमा आज चार खेल हुँदैछन्। अखिल नेपाल फुटबल संघ (एन्फा)का अनुसार दुईवटा खेल रंगशालामा हुनेछ भने च्यासल मैदान र एन्फा कम्प्लेक्समा एक एक खेल हुनेछ।

च्यासल मैदान, ललितपुरमा हुने पहिलो खेलमा खुमलटार र बिभागिय टोली एपीएफ फुटबल क्लबका बीचमा प्रतिस्पर्धा हुनेछ। जुख खेल ३ बजेबाट सुरु हुनेछ। उता, त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लबको बिचको खेल पनि ३ बजेबाट नै सुरु हुनेछ। जुन खेल एन्फा कम्प्लेक्स, सातदोबाटोमा हुनेछ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने पहिलो खेलमा चर्च ब्वाईज र थ्रि-स्टार क्लबका बीचमा प्रतिस्पर्धा हुनेछ। जुन खेल ३ बजेवाट सुरु हुनेछ। रंगशालामा हुने दोस्रो खेल भने साँझ ६ बजेवाट सुरु हुनेछ। जुन खेलमा सातदोबाटो र जावालाखेल युथ क्लबका बिचमा प्रतिस्पर्धा हुनेछ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *