कति छ आज हरियो तरकारी र फलफूलको मूल्य ?
काठमाडौँ। कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको मूल्य सूची सार्वजनिक गरेको छ।
समितिका अनुसार आज मङ्गलबार ठुलो गोलभेडा (नेपाली) २० रुपैयाँ, ठुलो गोलभेडा (भारतीय) ४६ रुपैयाँ ६७ पैसा, सानो गोलभेडा (लोकल) १५ रुपैयाँ ८० पैसा, सानो गोलभेडा (टनेल) २८ रुपैयाँ, रातो आलु ४५ रुपैयाँ ५० पैसा रहेको छ।
यस्तै, मुडेको रातो आलु ४१ रुपैयाँ, रातो आलु (भारतीय) ३५ रुपैयाँ ६७ पैसा, सेतो आलु ४१ रुपैयाँ ३३ पैसा, लोकल गाजर ११० रुपैयाँ, बन्दा (लोकल) १३ रुपैयाँ ६० पैसा, स्थानीय काउली, घिरौला र लौका ६५ रुपैयाँ, ज्यापु काउली ९६ रुपैयाँ ६७ पैसा रहेको छ।
यसैगरी, रातो मूला, लाम्चो भन्टा र फर्सी ४५ रुपैयाँ, लोकल सेतो मूला १७ रुपैयाँ ५० पैसा, तने बोडी ७६ रुपैयाँ ६७ पैसा, मटरकोशा १९३ रुपैयाँ ३३ पैसा, लोकल सिमी ५५ रुपैयाँ तोकिएको छ।

No ads found for this position

डिसी नेपाल
Facebook Comment