मौद्रिक नीतिका लागि राष्ट्र बैंकले माग्यो राय-सुझाव

डिसी नेपाल
२३ जेठ २०८० १०:२१
56
Shares

काठमाडौँ। नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्ष २०८०–८१ मौद्रिक नीतिका लागि राय–सुझाव माग गरेको छ।

केन्द्रिय बैंकले नेपाल राष्ट्र बैंक ऐन, २०५८ मा भएको व्यवस्था बमोजिम प्रत्येक वर्ष मौद्रिक नीति सार्वजनिक गर्दै आइरहेको छ। सोही बमोजिम बैंकले आर्थिक वर्ष २०८०–८१ को मौद्रिक नीतिको लागि राय/सुझाव मागेको हो।

राष्ट्र बैंकले ल्याउने आगामी आर्थिक वर्षको मौद्रिक नीतिको लागि केन्द्रिय बैंकको अनुसन्धान विभागको इमेल ठेगानामा सुझाव पेश गर्न सकिने बैंकको आर्थिक अनुसन्धान विभागले जनाएको छ। सरोकारवालाले मौद्रिक नीतिका लागि आफ्ना राय–सुझाव आउँदो असार १० गतेभित्र पठाइसक्नुपर्नेछ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *