आज प्रतिनिधिसभा बैठक बस्दै, बजेट माथिको छलफल जारी रहने
काठमाडौं। आज प्रतिनिधिसभाको बैठक बस्दैछ। संघीय संसद भवन बानेश्वरमा उक्त बैठक बस्न लागेको हो। बैठक बिहान ११ः०० बजे बस्नेछ।
आज बस्ने बैठकमा आर्थिक बर्ष २०८०/८१ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) माथिको छलफल जारी रहनेछ।
गत जेठ १५ गते अर्थमन्त्री प्रकाशशरण महतले पेश गरेको बजेट माथि पछिल्ला दिनमा छलफल निरन्तर चलिरहेको छ। हालसम्म उक्त बजेटमा १ सय भन्दा बढी प्रतिनिधिसभा सदस्यले धारणा राखिसकेका छन्।
No ads found for this position
प्रतिक्रिया



डिसी नेपाल
Facebook Comment