बजेटकाे सैद्धान्तिक धरातल कमजाेर, गन्तव्य अस्पष्ट : सांसद ढकाल

डिसी नेपाल
२६ जेठ २०८० ८:२८

काठमाडाैं। प्रमुख प्रतिपक्ष नेकपा एमालेका सांसद एकनाथ ढकालले सरकारले संसदमा पेश गरेकाे बजेटकाे सैद्धान्तिक धरातल कमजाेर र गन्तव्य अस्पष्ट रहेकाे बताएका छन्।

बिहीबार प्रतिनिधिसभामा बजेटमाथिकाे छलफलमा भाग लिँदै सांसद ढकालले सरकारको नीति तथा कार्यक्रम र बजेट बीच सामन्जस्यता नदेखिएकाे बताएका हुन्। नीति तथा कार्यक्रममा समाजवाद उन्मुख अर्थतन्त्रको गन्ध देखिएको भएपनि बजेटमा त्यसको प्रतिबिम्ब नदेखिएकाे उनकाे भनाइ थियाे।

बजेटमा राज्यको भूमिका कमजोर बनाएर बजारबाट आमुल परिबर्तनको अपेक्षा राखिनुने समाजवादको यात्रालाई मद्दत नगर्रे विकृत पुजिबादतर्फ धकेल्ने सांसद ढकालले दाबी गरे।

उनले बजेटमा दाबी गरिए जस्तो राजस्व र सहायता परिचालन हुने सम्भावना नरहेकाे जिकिर गरे।

‘राजस्वले चालु खर्च धान्न पनि ४४ अर्ब अपुग देखिन्छ। समग्र आर्थिक सूचकहरु नकारात्मक रहेको सत्यतथ्यलाई ढाकछोप गरि चलाखीपूर्ण तरिकाले कृतिम तथ्यांकको सहयोगमा वर्तमान अर्थतन्त्रको फितलो विश्लेषण गरिएको देखिन्छ,’ उनले भने, ‘आय र व्ययको अनुमान विश्वसनीय छैन, यथार्थ परक पनि छैन र कार्यान्वयन हुने अवस्था देखिन्न।’

सांसद ढकालले नीति तथा कार्यक्रममा चालु खर्च कम गर्ने र पुजीगत खर्च बढाउने भने पनि बजेटमा ठिक उल्टो अवस्था देखिएकाे बताउँदै बिगतमा पुँजीगत खर्च करिब २० प्रतिशत रहने गरेकोमा अहिले घटाएर १७ प्रतिशतमा झारिएको र त्यसले चालु खर्च बढेको बताए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *