सांसद सोविता गौतमले डिलिट गरिन् ट्वीटर अकाउन्ट

डिसी नेपाल
२७ जेठ २०८० १३:०६
3.2k
Shares

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोविता गौतमले सामाजिक सञ्जाल ट्वीटर छाडेकी छिन् ।

हालै मात्रै बैबाहिक बन्धनमा बाँधिएकी सांसद गौतमले आफनो ब्यक्तिगत जीवनमा नकारात्मक प्रतिक्रिया आएपछि ट्वीटर डिलिट गरेको बताएकी हुन् ।

‘पछिल्लो समय त्यो (नकारात्मक) न्युजहरु आईसके पछाडी मैले ट्वीटर डिलिटै गरिदिएँ, फालिदिए, एकदमै टक्सिट हुन्छ क्या कहिले कहिले’, उनले एउटा पोडकास्ट अन्तरवार्तामा भावुक हुदैँ भनेकी छिन, ‘ट्वीटर धेरै सकरात्मक कुरा भए पनि ट्वीटर कहिले काँही टक्सिट नै हुन्छ, अटयाक सबालमा धेरै बौद्धिक दरिद्रता छ त्यहाँ, फेक प्रोफाइल बनाएर प्रहार गर्नुपरयो भने बौद्धिक मान्छेहरुले ट्वीटर प्रयोग गर्छन् ।’

विवाह गरेर जापान गएपछि आफनो ब्यक्तिगत जीवनमा धेरै लाञ्छना लगाए पछि आफू दुःखित भएको पनि उनको भनाइ छ । आफूसँग एक पटक पनि नसोधी आफनो ब्यक्तिगत जीवनमा नकारात्मक कुराहरु फैलाउने मिडियालाई नोटिस गरेको पनि जनाएकी छिन् ।

‘म जापान हुदाँ मेरो बुबाले भन्नु भयो कि तेरो यति धेरै कुरा आएको छ तेरो आमा मरी भने मलाई थाहा छैन के हुन्छ ?’ उनले भावुक हुँदै भनिन्, ‘यो देशमा कानुन छ, केही गर्नुपर्छ ।’


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *