मुकुन्द न्यौपानेलाई सदस्य बनाएपछि उठ्ने प्रश्नको सम्बोधन गर्न ७० वर्षे उमेरहद हटाइयोः शंकर पोखरेल

डिसी नेपाल
२९ जेठ २०८० १८:४७
800
Shares

काठमाडौं। नेकपा एमाले महासचिव शंकर पोखरेलले पार्टीको ७० वर्षे उमेरहद हटाउने निर्णयको बचाउ गरेका छन्।

ललितपुरको च्यासलस्थित पार्टी मुख्यालयमा सोमबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले मुकुन्द न्यौपानलेलाई केन्द्रीय सदस्य बनाएपछि उठ्ने प्रश्नको सम्बोधन गर्न ७० वर्षे उमेरहद हटाएको बताए।

एकीकृत समाजवादीबाट एमाले प्रवेश गरेका न्यौपानेलाई केन्द्रीय सदस्य बनाउँदा उठ्न सक्ने प्रश्नको सम्बोधन गर्नेगरी ७० वर्षे उमेरहदको प्रावधान हटाएको महासचिव पोखरेलको भनाइ छ।

उनले ७० वर्षे उमेरहदले मात्रै नेतृत्वमा बदलाव आउने र लोकतान्त्रिक विधिबाट नेतृत्वमा बदलाव ल्याउन नसकिने भन्न नहुने बताए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *