राष्ट्रपति पौडेल आज डिस्चार्ज हुने

डिसी नेपाल
३१ जेठ २०८० ६:३७
88
Shares

काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेल आज डिस्चार्ज हुँदैछन्।

मुटुमा समस्या देखा परेपछि मंगलबार शहीद गंगालाल राष्ट्रिय हृदय राेग केन्द्रमा भर्ना भएका राष्ट्रपति पौडेल आज डिस्चार्ज हुन लागेका हुन्। सो अस्पतालले मंगलवार जारी गरेको बिज्ञप्ति अनुसार उनको स्वास्थ्य अवस्था सामान्य रहेको छ।

हिजो बिहान नियमित स्वास्थ्य परीक्षणका क्रममा अस्पताल पुगेका उनलाई चिकित्सकको सल्लाह अनुसार २४ घन्टासम्म अवलोकनमा राखिएको र आज डिस्चार्ज गर्न लागिएको अस्पतालका कार्यकारी निर्देशक डा.चन्द्रमणि अधिकारीले जानकारी दिए।

यसअघि राष्ट्रपति पौडेलको गत वैशाख ६ गते भारतको नयाँ दिल्लीस्थित एम्स अस्पतालमा उपचार गरिएको थियो। उनी उपचारपछि वैशाख १७ गते स्वदेश फर्किएका थिए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *