मादी गाउँपालिकाले घोडा किन्नका लागि अनुदान दिने

डिसी नेपाल
३१ जेठ २०८० १३:१९

कास्की। कास्कीको मादी गाउँपालिकाले पयर्टन प्रवर्धनका लागि घोडा खरिद गर्न अनुदान दिने भएको छ ।

हिमाली भेगमा घुम्न जाने पर्यटकको सहजताका लागि घोडा खरिदमा अनुदान दिन लागिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद अधिकारीेले जानकारी दिए।

“अहिले दररेट माग गर्ने काम भइरहेको छ । हुम्ला, जुम्ला, मनाङ र मुस्ताङका व्यावसायीले दररेट हाल्नुहोला, त्यसपछि लागत साझेदारीका आधारमा पर्यटन व्यवसायीले आधा मूल्य तीर्नेगरी घोडा खरिद गर्न दिने हो”, उनले भने।

यस गाउँपालिकाको विशेषगरी वडा–१ र २ को हिमाली भेगमा पयर्टक पुगेपनि अहिलेसम्म मोटर बाटो नपुगेकाले घुम्नका लागि घोडा उपयुक्त रहेको मादी–१ का वडाध्यक्ष देवीजङ्ग गुरुङले बताए।

“यहाँको सिक्लेस, ताङ्तिङ्, क्हपुचे ताल, कोरी, क्रपुडाँडा पुग्ने पर्यटकलाई हिड्न समस्या हुन्छ । हाम्रो वडामा गाडी पुग्न बाँकी धेरै पर्यटकीय क्षेत्र छन्”, उनले भने, “बाटोको अभाबमा हिड्न नसक्ने पर्यटकले दुःख पाइरहेका छन् । उनीहरूका लागि घोडा खरिद गर्न सकियो भने राम्रो हुन्छ ।”

घोडा खरिद गर्न इच्छुक वडाभित्रका पर्यटन व्यवसायीलाई वडा कार्यालयमा सम्पर्क गर्न सूचना गरिएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *