संसद भवन अगाडि नेविसंघको प्रदर्शन, १२ जना पक्राउ
काठमाडौं। संघीय शिक्षा ऐन छिटो जारी गर्नुपर्ने माग राख्दै संसद भवन अगाडी प्रदर्शन गर्ने विद्यार्थीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
उच्च शिक्षा ऐन, संघीय शिक्षा ऐन लगायतका ऐन छिटो पारित गर्नुपर्ने भन्दै संसद भवन अगाडी प्रदर्शन गर्ने नेविसंघ आवद्ध १२ जना विद्यार्थीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको हो। संसद भवनको गेट अगाडी प्रदर्शन सुरु गर्ने बितिकै प्रहरीले नियन्त्रणमा लिएको थियो।
उनीहरुले शिक्षा ऐन जारी गर, शिक्षा परिवर्तनको बाटो खोज लगायतका नाराबाजी गरेका थिए। शिक्षा क्षेत्रसंग सम्बन्धीत कानून समयमा नै नवनाउदा शिक्षाको लागि आवश्यक नीतिगत निर्णय नभएर शिक्षा क्षेत्र पछाडि परेको उनीहरुको भनाइ छ।
उनीहरुले शिक्षा सम्बन्धी ऐन अघि बढाउने बिषयमा सरकार मौन बसे आन्दोलन चर्काउने चेतावनी दिएका छन्।







डिसी नेपाल





Facebook Comment