बजेट नै नल्याई कोशी प्रदेशको बजेट अधिवेशन अन्त्य

डिसी नेपाल
३१ जेठ २०८० २२:१२
140
Shares

मोरङ। कोशी प्रदेश सरकारले बजेट अधिवेशन अन्त्य गरेको छ ।

प्रदेश प्रमुख पर्शुराम खापुङले यही जेठ ३१ गते राति १२ बजेदेखि प्रदेशसभाको चालु दोस्रो तथा बजेट अधिवेशन अन्त्य गरेका हुन्।

उनले कोशी प्रदेश सरकार मन्त्रिपरिषद्को यही जेठ ३१ गतेको सिफारिसअनुसार नेपालको संविधानको धारा १८३ को उपधारा (२) बमोजिम प्रदेश सभाको अधिवेशन अन्त्य गरेका हुन्।

बजेट अधिवेशन अन्त्य गरेको सरकारले अब अध्यादेशबाट बजेट ल्याउनेछ ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *