४० वर्षपछि एकै देशका तीन खेलाडी शीर्ष तीन वरियतामा
काठमाडाैं। आइसिसीको टेस्ट वरियतामा एकै देशका तीन खेलाडी शिर्ष तीनमा पर्न सफल भएका छन्। क्रिकेट इतिहासको ४०वर्षपछि अष्ट्रेलियाका तीनजना खेलाडी शीर्ष तीनको बरियतामा पर्न सफल भएका हुन्।
आइसिसी विश्व टेस्ट च्याम्पियनसिप २०२३ को फाइनलमा भारतलाई २ सय ९ रनले हराए लगत्तै अष्ट्रेलियाका तीन ब्याटर शीर्ष तीनको वरियतामा परेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।
आइसिसीको नयाँ वरियता अनुसार टेस्टको शीर्ष स्थानमा मार्नस लाबुसेन, दोस्रो स्थानमा स्टिभ स्मिथ र तेस्रो स्थानमा ट्रर्विस हेड छन्। हेडले तीन र स्मिथले एक स्थान सुधार गरेर शिर्ष तीनमा पुगेका हुन्।
सन् १९८४ पछि पहिलो पटक टेस्ट वरियतामा एकै ब्याटर शीर्ष तीनमा परेका हुन्। १९८४ डिसेम्बरमा वेस्ट इन्डिजका ग्रोर्डन ग्रीनिज शीर्ष, क्लाइभ लियोर्ड दोस्रो र ल्यारी गोम्स तेस्रो स्थानमा थिए।
No ads found for this position


डिसी नेपाल
Facebook Comment