प्रतिनिधिसभा बैठक: उद्योग, भूमी व्यवस्था र भौतिक मन्त्रालयको बजेटमाथि छलफल हुने

डिसी नेपाल
१ असार २०८० ७:०७
16
Shares

काठमाडौं। आज प्रतिनिधिसभा बैठक बस्दैछ। संघीय संसद भवनमा बस्ने बैठकमा बिनियोजन बिधेयक २०८० माथि छलफल हुनेछ।

बैठक ११ बजे बोलाइएको छ। संघीय संसद सचिवालयका अनुसार आजको बैठकमा विनियोजन विधेयक २०८० अन्तर्गत उद्योग, वाणिज्य तथा आपूर्ति, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमाथि छुट्याइएकाे बजेटमा छलफल हुनेछ।

प्रतिनिधि सभाको हिजोको बैठकमा विनियोजन विधेयक २०८० अन्तर्गत वन तथा वातावरण मन्त्रालय र महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको छलफल गरिएको थियो, जुन सकिएको छ।

 


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *