सुनवाई समितिमा प्रस्तावित प्रधानन्यायीश कार्कीसँग प्रश्नोत्तर जारी
काठमाडौं। संसदीय सुनुवाइ समितिको बैठकमा प्रस्तावित प्रधानन्यायाधीश हरिकृष्ण कार्कीसँगको प्रश्नोत्तर जारी छ।
सो समितिमा कार्कीविरुद्ध परेका उजुरी तथा गत बिहीबारको बैठकमा पेस गरेको कार्ययोजनाका विषयमा सांसदहरुले प्रश्न सोध्ने क्रम जारी रहेको हो।
संसद सचिवालयका कर्मचारीका अबरोधका कारण आधा घन्टापछि सुरु भएको बैठकमा कार्कीसँग प्रश्न सोध्ने क्रम सकिएपछि उनले जवाफ दिने समितिले जनाएको छ।
संसदीय समितिले उनको नाम अनुमोदन गरे हाल कायम मुकायम प्रधानन्यायाधीश रहेका कार्की सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा नियुक्त हुनेछन्।
No ads found for this position
प्रतिक्रिया



डिसी नेपाल
Facebook Comment