कर्णाली प्रदेशको बजेट ३३ अर्ब ३७ करोड ९७ लाख (पूर्णपाठ)

डिसी नेपाल
१ असार २०८० १७:१४

सुर्खेत। कर्णाली प्रदेश सरकारले आगामी आर्थिक बर्षका लागि ३३ अर्ब ३७ करोड ९७ लाख ७ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ।

शुक्रबार प्रदेशसभा बैठकमा आन्तरिक मामिला तथा योजनामन्त्री वेदराज सिंहले ३३ अर्ब बढिको बजेट प्रस्तुत गरेका छन्। उनले चालुतर्फ ९ अर्ब २० लाख २४ हजार र पुँजीगततर्फ १९ अर्ब ९७ करोड ७२ लाख ४३ हजार बजेट विनियोजन गरिएको जानकारी दिए।

त्यस्तै स्थानीय तहको वित्तीय हस्तान्तरणतर्फ ४ अर्ब ८० करोड ४ लाख ४० हजार विनियोजन गरिएको सिंहले बताए। त्यस्तै अनुमान गरिएको खर्च व्यहोर्ने स्रोत मध्ये आन्तरिक राजस्वबाट ८३ करोड ६२ लाख, चालू आर्थिक बर्षको खर्च नभइ बचत हुने अनुमानित रकम ७ अर्व ४१ करोड, संघीय सरकारबाट राजस्व बाँडफाँट बापत प्राप्त हुने रु ८ अर्व ८४ करोड र वित्तीय समानीकरण अनुदानबाट प्रापत हुन आएको रु १० अर्व १६ करोड ४१ लाख र सशर्त अनुदानबाट रु ४ अर्व ७५ करोड परिचालन गरिने उनले बताए।

त्यस्तै उनले संघीय सरकारबाट सशर्त अनुदानमा प्राप्त हुने वैदेशिक सहायता बाहेक अन्य वैदेशिक सहायताबाट सञ्चालिन हुने कार्यक्रम कार्यान्वयनका लागि रु १ करोड ८६ लाख ९० हजार स्रोत परिचालन गरिने जानकारी दिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *