प्रधानन्यायाधीशमा हरिकृष्ण कार्की नियुक्त, पद तथा गोपनियताको शपथ लिए

डिसी नेपाल
१ असार २०८० १७:५४
88
Shares

काठमाडौं। प्रधानन्यायाधीशमा हरिकृष्ण कार्की नियुक्त भएका छन्। राष्ट्रपति भवन शितल निवासमा आयोजित समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलसँग उनले आजै पद तथा गोपनियताको शपथ लिएका छन्।

संघीय संसद्, संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतका कामु प्रधानन्यायाधीश कार्कीको नाम भावी प्रधानन्याधीशका लागि अनुमोदन गरेपछि राष्ट्रपतिले उनलाई आजै नियुक्त गरेका हुन्।

तत्कालीन प्रधानन्यायाधीश चोलेन्द्र समशेर जबरामाथि महाभियोग दर्ता गरिएपछि कायम मुकायमको भरमा चलिरहेको सर्वोच्च अदालतले नयाँ नेतृत्व पाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *