पदभार ग्रहण गर्दै प्रधानन्यायाधीश कार्कीले भने- न्यायलय सुधारका लागि कार्यकाल छोटो हुनु\नहुनुले असर पर्दैन

डिसी नेपाल
१ असार २०८० १९:२१
1.1k
Shares

काठमाडौं। नवनियुक्त प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले न्यायलय सुधारका लागि थालिएका कदमलाई निरन्तरता दिने बताएका छन्।

शुक्रबार राष्ट्रपति रामचन्द्र पौडेलसँग सपथ लिएपछि सर्वोच्च अदालत पुगेर पदभार ग्रहण गर्दै प्रधानन्यायाधीश कार्कीले पञ्चबर्षिय रणनीतिक योजना र बार्षिक कार्ययोजनालाई कार्यान्वयमा लैजादै न्यायलय सुधारका लागि थालिएका कदमलाई निरन्तरता दिने बताएका हुन्।

उनाले आफ्नो कार्यकाल छोटो हुनु र नहुनुले कुनै असर नपर्ने भन्दै आफु पछि पनि सुधारका योजनालाई कार्यान्वयन हुने विश्वास व्यक्त गरे। त्यस्तै उनले आफु कामु हुदा पनि न्याय निरुपणदेखि प्रशासनको चूस्तताका लागि कार्ययोजना बनाएर कार्यान्वयनमा लगिएको धारणा राखे।

कार्कीलाइ शुक्रबार बिहान बसेको संसदीय सुनुवाइ समितिको बैठकले प्रधानन्यायाधीशमा अनुमोदन गरेको थियो। यसअघि नै संवैधानिक परिषद्ले प्रधानन्यायाधीशमा कार्कीको नाम सिफारिस गरेको थियो । कार्की साउन १९ गते उमेर हदका कारण अनिवार्य अवकाशमा जादै छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *