मधेश प्रदेशको बजेट ४४ अर्ब ११ करोड ४६ लाख (पूर्णपाठ)
जनकपुरधाम। मधेश प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०\८१ का लागि रु ४४ अर्ब ११ करोड ४६ लाख ३२ हजार बजेट सार्वजनिक गरेको छ।
प्रदेश अर्थमन्त्री सञ्जय कुमार यादवले सार्वजनिक गरेको बजेटमा चालु तर्फ १८ अर्ब २१ करोड रुपैयाँ छुट्टाइएको छ।
पूँजीगततर्फ २५ अर्ब ७९ करोड रुपैयाँ विनियोजन गरेको अर्थमन्त्री यादवले जानकारी दिए। ४१.३ प्रतिशत बजेट चालु तर्फ रहेको छ भने ५८.२५ प्रतिशत बजेट विनियोजन गरिएको छ।
बजेटको स्रोत व्यवस्थापन तर्फ आन्तरिक राजश्वबाट ४ अर्ब ३७ करोड, राजश्व बाडफाँट ११ अर्ब ३८ करोड, समानिकरण अनुदानबाट ७ अर्ब ४१ करोड र चालु आर्थिक वर्षको मौजाद सञ्चिती १२ अर्ब ९० करोड रुपैयाँ स्रोत रहने रहेको छ।
विशेष अनुदान ४९ करोड रुपैयाँ र समपुरक अनुदान ५८ करोड र सशर्त अनुदान ४ अर्ब ५६ करोड रुपैयाँ स्रोत व्यवस्थान गरिएको छ। अपुग २ अर्ब आन्तरिक ऋण उठाने अर्थमन्त्री यादवले बताए।
No ads found for this position

डिसी नेपाल
Facebook Comment