बर्षाले नेपाल र हङकङबीचकाे खेल रद्द, अंक बाँडदै नेपाल खेलबाटै बाहिरियो

डिसी नेपाल
२ असार २०८० ९:५३
728
Shares

हङकङ। अन्तिम समयमा आएर नेपाल र हङकङबीच हुने भनिएको खेल रद्द हुन पुगेको छ। एसिसी वुमन्स इमर्जिङ टिम्स एसिया कपको अन्तिम खेलमा मैदानमा जान लागेकै बेला सुरु भएको वर्षाको कारण हङकङ र नेपालबीचको खेल रद्द भएको हो।

जसकाकारणा आज पनि वर्षाको कारण खेल हुन नसकेपछि दुवै टोलीले १-१ अंक बाँडन बिवश भएका थिए। साथै, समान अंक बाँडेका दुवै टोली एकैपटक प्रतियोगितावाट बाहिरिएका छन्।

आज खेल रद्द भएसँगै सो समुहवाट तेस्रो स्थानमा रहँदै नेपाल बाहिरिएको हो भने नेपालसँग खेल रद्द भएपछि हङकङ भने ३ खेलमा २ अंकका साथ पुछारमा रहेर बाहिरिएको हो।

नेपाल पहिलो खेलमा पाकिस्तानसँग ९ रनले पराजित भएको थियो भने बर्षाको कारण खेल रद्द भएपछि भारतसँग अंक बाँड्नु परेको थियो। नेपाल ३ खेलमा १ मा हार र दुई खेलमा अंक बाँड्दै २ अंकका साथ तेस्रो स्थानमा रहेर बाहिरिएको नेपाल क्रिकेट संघले जानकारी दिएको छ।

सो समूहका भारत र पाकिस्तान भने समान दुई खेलमा एकमा जित र एक खेलमा अंक बाँड्दै ३-३ अंकका साथ शीर्ष र दोस्रो स्थानमा छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *