एसिया कपको आधिकारिक मिति र स्थान घोषणा, पाकिस्तान र श्रीलंकामा खेल हुने

डिसी नेपाल
२ असार २०८० १०:४१

काठमाडौं । एसियन क्रिकेट काउन्सिलले एसिया कपको मिति सार्वजनिक गरेको छ । प्रतियोगिता अगस्ट ३१ देखि सेप्टेम्बर १७ सम्म खेलाइनेछ । जसको आयोजना श्रीलंका र पाकिस्तानले संयुक्त रुपमा गर्नेछन् ।

प्रतियोगिताको पहिलो चार खेल पाकिस्तानमा र त्यसपछिका सबै नौ खेल श्रीलंकामा खेलाइनेछन्। यसअघि यो प्रतियोगिता पाकिस्तानमा खेल्ने भनिएपनि भारत पाकिस्तानमा खेल्न तयार थिएन ।

पाकिस्तान क्रिकेट कन्ट्रोल बोर्ड (पीसीबी) ले पनि यसप्रति असन्तुष्टि व्यक्त गरेको थियो। प्रतियोगितामा भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश, अफगानिस्तान र नेपालका टिमको सहभागिता रहेको छ ।

प्रतियोगितामा तीन/तीन टोलीको दुई समूह हुनेछन् र प्रत्येक समूहबाट शीर्ष दुई टोली सुपर फोरमा पुग्नेछन् । एउटा समूहमा भारत, पाकिस्तान र नेपाल र अर्को समूहमा श्रीलंका, बंगलादेश र अफगानिस्तानका टोली हुनेछन् । त्यसपछि सुपर फोरका दुई विजेता टोली फाइनलमा भिड्नेछन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *